
काठमाडौँ, १ चैत । वीरगञ्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले नेकपा एमाले रोज्नुको कारण खुलाएका छन् ।
उनले आफूमाथि जनता समाजवादी पार्टीमा दुव्र्यवहार हुने गरेकाले एमाले प्रवेश गरेको जनाएका छन् ।
सरावगीले आफुले जनता समाजवादी पार्टीलाई महानगरमा जिताएको भएपनि पार्टीभित्र दुर्व्यवहार हुने गरेकाले पार्टी परित्याग गरी एमाले प्रवेश गरेको बताएका हुन् ।
यस अघि पनि दुई तीन पटक पार्टी छोड्न खोजे पनि अध्यक्ष उपेन्द्र यादवका कारण नछोडेको जनाउँदै सरावगीले भने, ‘पूर्ण रुपमा यो महानगरपालिका र पुरै पर्सा जिल्ला जिताएर पनि जुन ढंगले मलाई पार्टीले मलाई राख्नुपथ्र्यो । किनभने म त राजनीतिक पृष्ठभुमिबाट आएको थिएन । म आर्थिक र सामाजिक पृष्ठभुमिबाट आएको व्यक्ति थिए । जनताले मलाई माया गरेर त्यतिबेला मेयरमा चुनाव पनि जिताए । त्यसपछि पार्टीले जुन ढंगले मलाई ट्रिटमेन्ट गर्नुपर्थ्यो, जुन ढंगले मलाई राख्नुपथ्र्यो नराख्न सकेको कारणले गर्दा दुई पटक मैले राजीनामा पनि दिए । राजीनामा दिदाँदिदै पनि अध्यक्ष उपेन्द्र यादवजीले त्यतिबेला मलाई रोक्ने प्रयास धेरै गर्नुभयो । म रोकिए पनि । तर लगातार मसँग दुव्र्यवहारहरु हुने, सामाजिक रुपमा मलाई जहिल्यैपनि एक प्रकारको मानमर्दन गर्ने जुन कामहरु भइराखेको थिए । मैले अध्यक्षजीलाई पहिलापनि भनिसक्या थिए कि, म यो पार्टीमा बस्दिनँ यो ढंगले । र त्यो कारणले गर्दा मैले एउटा नयाँ पार्टी रोजेँ ।’
सरावगीले एमाले अध्यक्ष केपी शर्मा ओलीको राष्ट्रिय भावना र उहाँको विकासप्रतिको चाहानाबाट प्रेरित भएका कारण एमाले रोजेको बताए । उनले भने, ‘नयाँ पार्टी रोज्ने बेलामा म सँग दुईवटा अप्सनहरु थिए, एउटा अप्शन थियो म कांग्रेसमा जाउँ । अर्को अप्शन थियो एमालेमा जाउँ ।
उनले भने, ‘म जुन एमाले पार्टी प्रवेश गरेको छु । पार्टी प्रवेश गर्दाखेरी कहिल्यैपनि शर्तसहित जानु हुँदैन भन्ने मलाई लाग्छ । म निशर्त गएको छु । अब पार्टीले मुल्यांकन गर्ने हो । मेरो काम, कारबाही कस्तो रह्यो, म कसरी आफ्नो पर्फमेन्स गरे । वहाँहरुले मेयरमा भन्नुहुन्छ, मेयरमा जान्छु । अन्य कुनै पदमा भन्नुहुन्छ भने अन्य पदमा जान्छु । यसको लागि अहिलेदेखि नै मरिहत्ते गर्न मिल्दैन । पार्टीले छिट्टै यो विषयमा निर्णय गर्छ । पार्टीको आदेश अनुसार, पार्टीको टिकट अनुसार म अगाडी बढ्छु ।’















प्रतिक्रिया