७ कार्तिक २०८३, शनिबार

नाम राख्दैमा म बलबहादुर हुन्थेँ कामले हुँदैनथेँ : अध्यक्ष ओली

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ चैत । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी स्थानीय तह निर्वाचनमा आफ्नो पार्टी एक्लैले ६० देखि ७० प्रतिशतमा जित निकाल्ने बताएका छन्।अनेमसंघको तेस्रो पूर्ण बैठकलाई मंगलबार काठमाडौंमा सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्।

उनले नाम राम्रो राख्दैमा सबै पार्टी राम्रा नहुने कुरा पनि बताएका छन् । झण्डै दुईतिहाइ नजिक पुगेको पार्टीलाई फुटाउनेहरु कम्युनिष्ट नहुने बताउँदै उनले माओवादी र माधव नेपालप्रति कटाक्ष गरे।

नाम राख्दैमा म बलबहादुर हुन्थेँ कामले हुँदैनथेँ। नामका कम्युनिष्ट हुन् कामका होइनन्। पार्टीका नाम पनि छानेर राख्छ। जुन फाटोवादी छ उसको नाम एकीकृत, उनले भने, जो प्रतिगामीको पुच्छर ऊ समाजवादी। नाम र काम एउटै हुँदैन।