१ कार्तिक २०८३, आइतबार

१८ वर्षमुनिको साफ महिला च्याम्पियनशीप आजदेखि, नेपाल र भारत खेल्दै

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ चैत । १८ वर्षमुनिको साफ महिला च्याम्पियनशीप फुटबल आजदेखि भारतको जमसेदपुरमा सुरु हुँदैछ ।

उद्घाटन खेलमा आज नेपालले आयोजक भारतसँग खेल्दैछ । खेल बेलुका सवा ७ बजे सुरु हुनेछ । नेपाली टोलीका मुख्य प्रशिक्षक दर्शन भक्तराजलवटले घरेलु टोलीसँगको खेल नेपालका लागि कठिन रहेको तर उत्कृष्ट नतिजाका लागि खेल्ने बताएका छन् ।

डबल राउण्ड रोबिनको आधारमा हुने च्याम्पियनशीपमा नेपाल, भारत र बङ्ग्लादेश सहभागी छन् । नेपालले दोस्रो खेल मार्च १७ तारिख अर्थात पर्सि बिहीवार बङ्ग्लादेशसँग खेल्नेछ । नेपालले अर्को खेल आउँदो मार्च २१ मा भारतसँग र मार्च २३ मा बङ्ग्लादेशसँग खेल्नेछ । शीर्ष टोलीले उपाधि जित्नेछ ।