२ कार्तिक २०८३, सोमबार

‘ह्वाईटहाउस लिटरेचर फेस्टबल’ मा राजेश हमालदेखि कुमार नगरकोटीसम्म

700
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौँ, ३० फागुन । काठमाडौँस्थित हिमालयन ह्वाईटहाउस इन्टरनेसनल कलेजमा दुई दिने साहित्यिक महोत्सव हुने भएको छ ।

साहित्य, शिक्षा, राजनीती र समाजका विभिन्न विषयमा छलफल हुने ‘ह्वाईटहाउस लिटरेचर फेस्टभल’मा महानायक राजेश हमालदेखि विभिन्न कलाकार, लेखक तथा राजनीतिज्ञहरु वक्ता रहनेछन् ।

विद्यार्थीहरुलाई समाजका विभिन्न विषयहरुलाई साहित्य र संवादमार्फत बुझाउन वृहत स्तरको साहित्य महोत्सव गर्न लागेको हसमालयन ह्वाईटहाउस कलेजका कार्यकारी निर्देशक नारायण काफ्लेले बताए। महोत्सव कलेज परिसर सुबिधानगर तिनकुनेमा हुनेछ । कार्यक्रममा विद्यालयका झण्डै दुई हजार विद्यार्थी र अभिभावक उपस्थित हुनेछन् ।

पहिलो दिन अर्थात चैत्र १ गते ‘युगदेखि युगसम्म’ विषयमा महानायक राजेश हमालको उद्घाटन प्रवचन रहनेछ । त्यहि दिनको दोस्रो सत्रमा कान्तिपुर दैनिकका सम्पादक उमेश चौहानले ‘युवाको आँखामा आजको नेपाल’ विषयमा बोल्नेछन् ।

पहिलो दिनको प्रमुख सत्रको रुपमा ‘राजनीतिमा युवा’ रहनेछ जहाँ युवा नेताहरु नेकपा (एमाले)का माधव ढुंगेल, नेकपा (माओवादी केन्द्रका) सुरेन्द्र बस्नेत, जनता समाजवादी पार्टीकी मानुषी यमी भट्टराई र लेखक तथा नेपाली काँग्रेसका नेता शंकर तिवारी वक्ता रहनेछन् । उक्त सत्रलाई दिपक सापकोटाले सहजिकरण गर्नेछन् ।

पहिलो दिनको अर्को महत्वपूर्ण सत्रमा ‘सङ्गीत, साहित्य र अभिनय’ शीर्षकको संवादमा निर्देशक मीन भाम, कलाकार इन्दिरा जोशी, लेखक नयनराज पाण्डे वक्ता रहनेछन् । यस सत्रको सहजिकरण भुपेन्द्र खड्काले गर्नेछन् । पहिलो दिनको अन्तिम कार्यक्रममा हाँस्य कलाकार राजा राजेन्द्रको प्रस्तुती रहनेछ ।

दोस्रो दिनको कार्यक्रम संचालन सरोज घिमिरेले गर्नेछन् । दोस्रो दिनको पहिलो सत्रमा कलेजको कानून शंकायका विद्यार्थीहरुले ‘अभ्यास अदालत’ प्रस्तुत गर्नेछन भने दोस्रो सत्रमा ‘शिक्षाको राजनीति’ शीर्षकमा राजनीतिज्ञ तथा शैक्षिक अभियन्ता मिलन पाण्डे दीपक सापकोटासँग संवाद गर्नेछन् ।

दोस्रो दिनको महत्वपूर्ण सत्रमा ‘के पढ्ने ? के लेख्ने ? कसरी लेख्ने ?’ विषयमा वक्ताहरू उपेन्द्र सुब्बा र अमर न्यौपानेले राजकुमार बानियाँसँग संवाद गर्नेछन् । त्यही दिन अतिथि कलाकार हिमेश पन्तको प्रस्तुती रहनेछन भने देशका चर्चित कविहरूको कविता वाचन प्रस्तुत हुनेछ ।

अतिथि कविहरु कुमार नगरकोटी, विप्लव प्रतीक, शीतल कादम्बिनी, सुदेश सत्याल, हेमप्रभाष, रूपक अलङ्कार, जय गौडेल र टिर एन भट्ट विश्वामित्रको कविता प्रस्तुत हुनेछ। दोस्रो दिनको अन्तिम सत्रमा ह्वाइटहाउस कलेजका चार जना विद्यार्थीहरूको कविता वाचन समेत रहने ह्वाईटहाउस कलेजका नेपाली विभाग प्रमुख तथा महोत्सवका कार्यक्रम संयोजक शैलेन्द्र अधिकारीले बताए ।