२८ आश्विन २०८३, बुधबार

छोराद्वारा बृद्धा आमाको हत्या

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तनहुँ । तनहुँको ढोरफिर्दीमा छोराले आफ्नै बृद्धा आमाको हत्या गरेका छन् ।

ढोरफिर्दी गाविस–२ लामीस्वारा की ५६ बर्षीया भिममाया विकको आफ्नै छोरा २२ बर्षिय मिनबहादुर विकले शनिबार राती हत्या गरेका हुन् ।

घरमा सामान्य विवाद भएपछि मिबहादुरले आमालाई काठको मुँग्रोले हानी हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आमाको हत्या गर्ने विकलाई स्थानियको सहयोगमा प्रहरीले आइतबार दिउँसो नियन्त्रणमा लिएको छ ।

अभियुक्त विकले विगतदेखि मानसिक रोगको औषधि सेवन गर्दै आएको प्रहरीले बताएको छ । बुवा टेकबहादुर काम बिशेषले पोखरा गएको समयमा मिनबहादुरले आमाको हत्या गरेका थिए । मृतकको शव पोष्टमार्टमका लागि दमौली अस्पतालमा राखिएको छ ।