१ कार्तिक २०८३, आइतबार

झापा गोल्डकपको उपाधि चौथो पटक आर्मीले चुम्यो

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, ३० फागुन । पाँचौँ झापा गोल्डकपको त्रिभुवन आर्मी फुटबल क्लबले चुमेको छ ।

सोमबार बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा भएको फाइनमा घरेलु टोली झापा–११ लाई २–१ ले पराजित गर्दै आर्मीले उपाधि हासिल गरेको हो ।

आर्मीका टेकबहादुर बुढाथोकीले खेलको १८ औँ मिनेटमा गोल गरेपछि आर्मीले अग्रता लिएको थियो । त्यस्तै, २१ औं मिनेटमा जर्ज प्रिन्स कार्कीले गरेको गोलले आर्मीलाई उपाधि दिलायो ।

२४ मिनेटमा विमल घर्ती मगरले झापालाई २–१ को अवस्थामा ल्याए ।

यससँगै आर्मीले चौथोपटक झापा गोल्डकपको उपाधि उचालेको हो ।

विजेता आर्मीले उपाधिसहित १२ लाख ५५ हजार प्राप्त गर्दा उपविजेता झापाले ६ लाख ५ हजार प्राप्त गर्यो ।