१४ कार्तिक २०८३, शनिबार

हलो चिन्ह नपाए स्थानीय चुनाव हुन दिँदैनौँः राजेन्द्र लिङ्देन

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३० फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले निर्वाचन आयोगले आफ्नो पार्टीलाई हलो चिन्ह प्रदान नगरे स्थानीय चुनाव नै हुन नदिने बताएका छन् ।

सोमबार बर्दियामा आयोजित आमसभालाई सम्वोधन गर्दै उनले यस्तो बताएका हुन् ।

राप्रपालाई राष्ट्रिय राजनीतिको मूलधारबाट पर धकेल्ने कुरा स्वीकार्य नहुने बताउँदै लिङदेनले भने, ‘राप्रपालाई आगामी स्थानीय तहको निर्वाचनमा दलको चुनाव चिन्ह ‘हलो’ दिइएन भने चुनाव नै हुँदैन, हामी हुन दिदैनौं । द्वन्द्व र मुठभेडतर्फ मुलुकलाई नधेकेल्न सरकार र निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गराउँदछु ।’