
काठमाडौँ, ३० फागुन । पछिल्लो २४ घण्टामा नेपालमा ५८ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ५० जना र एन्टिजन परिक्षण गर्दा ८ जना गरि जम्मा ५८ जना नयाँ संक्रमित थपिएका हुन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या भन्दा निको हुनेको संख्या धेरै रहेको छ । यस अवधिमा १४८ जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९८.३ प्रतिशत रहेको छ ।












प्रतिक्रिया