
सिन्धुली, ३० फागुन । मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको दुधौली नगरपालिका २ गागनमा भएको मोटरसाइकल दुर्घटनामा परी एक प्रहरी जवानको मृत्यु भएको छ । दुर्घटनामा परी जिल्ला प्रहरी कार्यालय भोजपुरमा कार्यरत २८ वर्षीय प्रहरी जवान अविनाश राईको सोमबार मृत्यु भएको प्रहरी निरीक्षक बुद्धिमणी नेपालले जानकारी दिए ।
प्रहरीका अनुसार डकाहबाट सिन्धुलीको भिमानतर्फ आउँदै गरेको प्रदेश १-०४-००१ प १६०६ नम्बरको मोटसाइकल गागन पुलमा अनियन्त्रित भई दुर्घटना हुँदा प्रहरी जवान राईको मृत्यु भएको उनले बताए ।
खोटाङ जिल्ला जन्तेढुङ्गे गाउँपालिका ६ स्थायी ठेगाना भएका प्रहरी जवान राईको मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक नेपालले जानकारी दिए ।












प्रतिक्रिया