१४ कार्तिक २०८३, शनिबार

सिरहामा कार दुर्घटना हुँदा एक जनाको मृत्यु

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिरहा, ३० फागुन । सिरहाको नरहा गाँउपालिका–३ खोरियाटोलमा आइतबार राति कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् ।

मृत्यु हुनेमा कारमा सवार धनुषा कमला नगरपालिका–१ का २२ वर्षीय धिरज मण्डल रहेका छन् । घाइते हुनेहरुमा धनुषाकै २० वर्षीय शुभलाल मण्डल, सोही ठाँउका ७ वर्षीय बालक आयुष मण्डल र २२ वर्षीय रोशन कुमार मण्डल रहेका छन् ।

घाइतेहरुको स्थानिय अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये शुभलालको अवस्था गम्भीर रहेको छ । उनलाई थप उपचारको लागि बिराटनगर तर्फ पठाइएको छ ।

आइतबार राति पौने ११ बजे भारतीय नम्बरको कार अनियन्त्रित भएर पल्टिएको थियो । कार चालक फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैया सिरहाले जानकारी दिएको छ ।