७ कार्तिक २०८३, शनिबार

फोटोपसलद्वारा एकदिने कार्यशाला सम्पन्न

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० फागुन । ‘सिकौं, सिकाऔं, उठौ, उठाऔं, अनि फोटोग्राफरको सम्मानमा सधैं अग्रसर बनौं’ भन्ने नारा लिएर पेशागत रूपमा फोटो व्यवसाय गरिरहेका फोटाग्राफरहरूलाई लक्षित गरी आयोजना गरिएको एकदिने कार्यशाला सम्पन्न भएको छ ।

फोटोपसलको आयोजना तथा फोटोकिपाको सह आयोजनामा भएको उक्त कार्यशालामा माउन्टेन फोटोग्राफिका बादशाहका रूपमा चिनिने जगदिश तिवारी, वरिष्ठ फेशन फोटोग्राफर राजभाई शुवाल, फोटोपसलका अध्यक्ष योगेन्द्रजंग बस्नेतले कार्यशालामा आफ्ना अनुभव व्यक्त गरेका थिए ।

देशभरबाट १५० जना सहभागी रहेको कार्यशालामा माउन्टेन फोटोग्राफर जगदिश तिवारीले पेशागत सम्मानका लागि कार्यदक्षताले महत्वपूर्ण भुमिका निर्वाह गर्ने र त्यसका लागि सिपमा निखारपना ल्याउनु पर्नेमा जोड दिएका थिए ।

फोटोपसलका अध्यक्ष योगेन्द्रजंग बस्नेतले फोटोग्राफरलाई एउटै ठाउँमा उभिएर व्यावसायिकतामा निखारपना ल्याउन फोटोपसलले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा उठेर काम गर्ने बताए ।

वरिष्ठ फेशन फोटोग्राफर राजभाई सुवालले बदलिंदो डिजिटल दुनियाँमा फोटोग्राफरले चुनौतिको सामना गर्दै अगाडि बढ्ने हो भने संसारकै सबैभन्दा धेरै अवसर रहेको पेसामा फोटोग्राफिरहेको बताउँदै प्रविधिको साथमा आफुलाई पनि अपडेटमा राख्न फोटोग्राफरहरूलाई सुझाए ।

फाटोपसलका प्रबन्ध निर्देशक विक्रम न्यौपानेले प्रविधि, सिप, र बजारीकरणको मुल मर्मलाई आत्मसाथ गर्दै देशभर रहेको फोटोग्राफरहरूलाई एकसाथ अगाडि बढाउने योजना सहित फाटोपसलले कार्यशाला गर्दै आइरहेको बताए ।

कार्यक्रममा वरिष्ठ माउन्टेन फोटोग्राफर जगदिश तिवारी र वरिष्ठ फेशन फोटोग्राफर राजभाई शुवाललाई सम्मान गरिएको थियो । त्यसै गरि विश्व फोटोग्राफी दिवशको अवसरमा गरिएको कप्पल प्रोट्रेट फोटोग्राफि प्रतियोगीता २०२१ को उत्कृष्ट, सर्वोत्कृष्ट, विजयीहरूलाई पुरस्कार तथा प्रमाणपत्र पदान गरिएको थियो । जसमा फोटोग्राफर विवेक श्रेष्ठले खिच्नुभएको जोडि फोटो विजयी भएको थियो ।

सो अवसरमा वरिष्ठ फोटोग्राफर रतनमान आँशु, नेपाल विडिङ फोटोग्राफि एशोशियसनका संयोजक बसन्त गौतम, काठमाडौंं फोटोग्राफि संघका अध्यक्ष दिगम्बर राजवंशी, फोटोग्राफर अमरेन्द्र श्रेष्ठ, फोटोग्राफर सहनवाज मोहम्मद (शवहिल), युशफ्ट टेक्नोलोजिका निर्देशक बुद्ध मान्नधर लगाएतले कार्यशालाको निरन्तरता आवश्यक रहेको सुझाउँदै भोलिका दिनमा थप परिस्कृत कार्यक्रमहरू फोटोग्राफरमाझ पस्किनु आवश्यक रहेको बताए ।