
सर्लाही, ३० फागुन । नेपाली कांग्रेस सर्लाहीको सभापतिमा सुरेन्द्रप्रसाद सिंह निर्वाचित भएका छन् ।
गएराति सम्पन्न मतगणनाअनुसार संस्थापन पक्षका सिंह १ हजार ७५८ मत ल्याएर निर्वाचित भएका हुन् । संस्थापन इतरका प्रत्यासी लक्ष्मण रायभन्दा ३८० मत बढी ल्याएर सिंह जिल्ला सभापतिमा विजयी भएका छन् ।
रायले १ हजार ३७८ मत मात्र ल्याएका छन् । त्इसैगरी अन्य पदाधिकारीहरुमा पनि एक जना उपसभापति बाहेक सबै संस्थापन पक्षका नै निर्वाचित भएका छन् ।
मतगणना हुन बाँकी रहेका जिल्ला सदस्यहरुको मतगणना रातिबाटै सुरु भएको छ । यसअघि सर्लाहीमा कांग्रेसको १४औँ अधिवेशनको पटकपटक मिति तोकिए पनि स्थगित हुँदै आएको थियोे ।















प्रतिक्रिया