१४ कार्तिक २०८३, शनिबार

गायक सपुतलाई दिइएको धम्कीको युथ फोर्सले प्रतिकार गर्ने

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

 

काठमाडौँ, २९ फागुन । गायक प्रकाश सपुतको नयाँ गीत ‘पीर’को विवादमा युथ फोर्सले सपुतको समर्थन गरेको छ ।

तत्कालीन माओवादीले सुरु गरेको दशवर्षे सशस्त्र द्वन्दका प्रतीकात्मकता समेटेको गीतमा माओवादी नेताहरुले आपत्ति जनाएका हुन् ।

तर युथ फोर्स नेपालले आइतबार एक विज्ञप्ति जारी गर्दै सपुतमाथि भइरहेका धम्कीपूर्ण भाषा रोक्न अनुरोध गर्दै धम्कि नरोकिए प्रतिकार गर्ने जनाएको छ । ‘स्वतन्त्रता, सामाजिक न्याय, उत्पीडित वर्ग, समुदायको हक–हितको रक्षासहितको प्रावधान संविधानमा राखिएको छ । तर पनि भर्खरै चर्चामा आएको प्रकाश सपुतको ‘पीर’ नामक सांगीतिक भिडियोलाई लिएर माओवादी (केन्द्र) आवद्ध वाइसियल लगायत जनसंगठनका नेता कार्यकर्ताले भिडियो बन्द गर्न धम्कीपूर्ण भाषासहितको अभिव्यक्ति दिएको देखियो’ विज्ञप्तिमा अगाडि भनिएको छ ‘यसबाट ‘चोरको खुट्टा काट भन्दा चोरले खुट्टा तानेको’ प्रष्ट भएको छ । कलाकारले कलाकारिताको माध्यमबाट यथार्थ चित्रण हुनेगरी मनोरञ्जन दिने अभिप्रायले सिर्जना गरेको हुन्छ । कलाकारले देखाएको प्रतिभालाई रोक्ने अधिकार कसैलाई हुँदैन ।’

यस्तो छ विज्ञप्ति: