
काठमाडौँ, २९ फागुन । सरकारले मलेसिया जाने श्रमिकलाई श्रम स्वीकृति दिन पुनः सुरु गर्ने निर्णय गरेको छ ।
दुई वर्षदेखि रोकिएको श्रम स्वीकृति पुनः खुला गरिएको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मन्त्रिस्तरीय निर्णयबाट श्रम स्वीकृति दिने निर्णय गरेका हुन् ।
वैदेशिक रोजगारीको प्रमुख गन्तव्य बनेको मित्रराष्ट्र मलेशिया सरकारबाट नेपालीलाई प्राप्त रोजगारीको अवसर गुम्न नदिन प्रचलित वैदेशिक रोजगार ऐन, २०६४ तथा नेपाल–मलेसिया श्रम सम्झौता प्रतिकुल नहुने गरी नेपाली कुटनीतिक नियोगबाट प्रमाणीकरण भई आएका मागपत्रलाई श्रम स्वीकृति दिने निर्णय भएको हो ।
कोरोनाभाइरस महामारी फैलिएपछि मलेसियाका लागि श्रम स्वीकृति रोकिएको थियो ।












प्रतिक्रिया