३ कार्तिक २०८३, मंगलबार

दक्षिण नाइजेरियामा बस र ठोक्किँदा बाह्र यात्रुको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

२९ फागुन । नाइजेरियाको दक्षिणपश्चिम सहरमा शनिबार बिहान बस र ट्रक ठोक्किदाँ १२ यात्रुको मृत्यु भएको प्रहरीले जनाएको छ । देशको दक्षिणी भागमा रहेको क्वारा र ओयो राज्यहरूलाई जोड्ने इलोरिन–ओग्बोमोसो सडकको छेउमा रहेको ओटे टाउननजिकै बस र ट्रक ठोक्किदाँ सवारीसाधनमा भएको आगलागिमा परी अन्य छ घाइते भएका बताइएको छ ।

घटनामा १८ जनाको संलग्नता रहेको बताइएको छ । घाइते र शवलाई इलोरिनको सरकारी अस्पतालमा लगिएको छ अधिकारीहरुले सवारी चालकहरूलाई सडक सुरक्षा नियमहरु पालना गर्न सल्लाह दिएका छन् ।

घातक सडक दुर्घटनाहरू नाइजेरियामा प्रायः भएको पाइन्छ , प्रायः ओभरलोडिङ, खराब सडक अवस्था, र लापरवाह ड्राइभिङको कारणले गर्दा दुर्घटना हुने गरेको समाचारमा जनाइएको छ ।–रासस