
काठमाडौँ, २८ फागुन । नेकपा एमालेका अध्यक्ष केपी ओलीले संसदलाई निकम्मा बनाएर भत्ता खाने थलोका रुपमा मात्र प्रयोग गरिएको बताएका छन्।
उनले विगतको जनादेश खण्डन भइसकेकाले नयाँ जनादेशमा जानुपर्ने अनिवार्य भएको जिकिर गरे। त्यस्तै ओलीले आगामी निर्वाचनमा एमाले एक्लैले बहुमत ल्याउने दावी गरे । एमालेलाई चूनाव जित्नका लागि जनताबाहेक कसैको आवश्यकता नरहेको उनको भनाइ छ । उनले एमालेले चुनाव जित्ने भएकालै नै गठबन्धनको सरकार निर्वाचनबाट भाग्न खोजेको तर्क गरे।
उनले सत्ताले उन्माद जन्माउने भन्दै अहिले सत्तामा पुगेका दलहरु र सरकारमा रहेको मन्त्रीहरुलाई सत्ताको उन्माद लागेको उल्लेख गरे ।
अध्यक्ष ओलीले यसअघि आफ्नो नेतृत्वको सरकार हुँदा आफुलाई असहयोग गर्न कांग्रेसले आफू निकट कर्मचारीलाई निर्देशन दिएको चर्चा गर्दै अहिलेको सरकारलाई भने पूर्ण रुपमा सहयोग गर्न कर्मचारीलाई निर्देशन दिए।












प्रतिक्रिया