१ कार्तिक २०८३, शनिबार

चुरेमा खानेपानीको अभाव

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २८ फागुन । सुक्खायाम सुरु भएसँगै सर्लाहीको उत्तरी चुरे भेगका बस्तीमा खानेपानीको अभाव सुरु भएको छ ।

चुरेका गाउँहरूमा रहेका कुवा,इनारजस्ता खानेपानीका स्रोतहरू सुक्दै जान थालेका छन् । जिल्लाको ईश्वरपुर, लालबन्दी, हरिवन र बागमती नगरपालिकाको चुरेबस्तीमा खानेपानीको अभाव सुरु भएको हो ।

पिउने पानीसँगै सरसफाइ र बस्तुभाउलाई खुवाउने पानीसमेत अभाव हुन थालेको ईश्वरपुर नगरपालिका–१२,गुइडुङका वीरबहादुर थिङले गुनासो गरे । गोरखापत्र दैनिकमा खबर छ ।