१४ कार्तिक २०८३, शनिबार

आफ्नै सासु-ससुरा र श्रीमानले लिए लक्ष्मीको ज्यान

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mahila Rape

चरिकोट, ८ वैशाख । दोलखा जिल्लाको भीमेश्वर नगरपालिका–१३ लामाटोल निवासी ३२ वर्षीया लक्ष्मी तामाङको आज विहान कुटपिटका कारण मृत्यु भएको छ ।

आफ्नै सासू, ससुरा र श्रीमानको कुटपिटका कारण लक्ष्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयको प्रारम्भिक अनुसन्धानले जनाएको छ ।

आइतबार बेलुकी लक्ष्मी श्रीमान हरि तामाङ, सासू सुन्तली लामा र ससुरा कार्साङ तामाङको कुटाइबाट सख्त घाइते बनेपछि साधारण उपचारका लागि जिल्लास्थित च्छो–रोल्पा जनरल अस्पतालमा उपचार हुन नसकेपछि उनलाई अस्पतालले वीर अस्पताल, काठमाडौँमा रिफर गरेको थियो ।

वीर अस्पतालमा उनको उपचार हुन नसकेपछि आज बिहान पौने ४ बजे मृत्यु भएको थियो । उनको शरीरका विभिन्न भागमा चोट लागेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक जीवन लामाले बताउनुभयो ।

लक्ष्मीको ६ वर्षीय छोरासमेत रहेको छ । घरमा आफ्नो पक्षका कोही नभइदिँदा र माइती पक्षले ढिला थाहा पाउँदा समयमै उपचार हुन नसकी उनको मृत्यु भएको स्थानीयले बताएका छन् । रासस