७ कार्तिक २०८३, शनिबार

पित पत्रकारिता नभई जिम्मेवार पत्रकारिता आजको आवश्यकता : अध्यक्ष ओली

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २७ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा प्रेस स्वतन्त्रताको छोटो इतिहास भए पनि त्यसमा राम्रो फड्को मारेको बताएका छन्। नेकपा एमाले निकट पत्रकारहरूको पोखरामा सुरु भएको प्रेस चौतारी नेपालको नवौं महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले उक्त कुरा बताएका हुन्।

ओलीले छोटो समयमा प्रेस स्वतन्त्रताका क्षेत्रमा नेपालमा उलेख्य काम भएको बताउँदै पत्रकारहरूलाई जिम्मेवार पत्रकारिता गर्न आग्रह गरेका छन्।

अधिकारको पक्षमा संविधानले धेरै कुरा दिएको छ। अब संविधान प्रदत्त अधिकारलाई कसैले खोस्दैन। तर, जिम्मेवार हुनुपर्छ। पित पत्रकारिता नभएर जिम्मेवार पत्रकारिता आजको आवश्यकता हो,उनले भने। उनले पत्रकारलाई कलम चलाउँदा देश, जनता र विकासप्रति गम्भीर हुन आग्रह गरेका छन्।

नेपालमा २००७ सात सालपछि मात्रै स्वतन्त्रताको चेत विकास भएको र २०४६ सालपछि त्यसको विकास भएको उनले बताएका छन्। उनले छोटो समयमा नेपालले सञ्चारका क्षेत्रमा राम्रो फड्को मारेको स्मरण गरे।

ओलीले अब सञ्चारको योगदानलाई समाजमा सदुपयोग गर्नुपर्ने बताएका छन्। हामी राष्ट्रिय अभिभारा र उत्तर दायित्वप्रति जिम्मेवार हुनुपर्छ। कर्तव्य पालनामा ध्यान दिएनौं भने स्वतन्त्रताको नाममा गम्भीर परिणाम आउन सक्छ, उनले भने।