
गोरखा, २७ फागुन । आँबुखैरेनी सडक खण्ड अन्तर्गत गोरखा नगरपालिका–१३ मा जिपको ठक्करबाट तनहुँको आँबुखैरेनी गाउँपालिका–३ का २५ वर्षीय सन्जिप बयलकोटीको मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका बयलकोटीको उपचारका क्रममा चितवनस्थित पुरानो मेडिकल कलेज लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । जिप र मोटरसाइकल एकआपसमा ठक्कर खाँदा मोटरसाइकल चालक बयलकोटीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।












प्रतिक्रिया