५ कार्तिक २०८३, बिहिबार

संयुक्त राष्ट्रसंघ प्रमुखद्वारा युक्रेनमा युद्ध प्रभावितलाई सहयोग गर्न अन्तरराष्ट्रिय सहयोगको आह्वान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Berlin, Germany – November 04: Antonio Guterres, High Commissioner for Refugees of UNHCR, attends a press conference in german foreign office on November 04, 2015 in Berlin, Germany. (Photo by Michael Gottschalk/Photothek via Getty Images)

न्यूयोर्क, २७ फागुन । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले युक्रेनको युद्धले प्रभावित सबैलाई सहयोग गर्न आह्वान गर्नुभएको छ । अन्तरराष्ट्रिय कानूनको स्पष्ट उल्लङ्घनलाई रोक्न अन्तरराष्ट्रिय सहयोग र ऐक्यबद्धताको निम्ति पनि उहाँले आह्वान गर्नुभएको हो ।

संयुक्त राष्ट्रसंघको महासभामा अन्तरराष्ट्रिय सहयोग अभिवृद्धि गर्ने बैठकमा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो । रुस-युक्रेन द्वन्द्वलाई उद्धृत गर्दै गुटेर्रेसले शान्ति सबैभन्दा महत्त्वपूर्ण विश्वव्यापी सार्वजनिक हित भएको र यसलाई सहयोग पुर्‍याउन संयुक्त राष्ट्र संघको स्थापना भएको पनि गुटेरेसले बताउनु भएको छ । –रासस