
काठमाडौैँ, २७ फागुन । बेलायतले चेल्सीका प्रमुख लगानीकर्ता रोमन अब्रामोभिचमाथि प्रतिबन्धको घोषणा गरेको छ। रुसले युक्रेनमाथि गरेको आक्रमणको विरोधमा रुसमाथिको प्रतिबन्ध बढाउने क्रममा अब्रामोभिचमाथि पनि बेलायतले प्रतिबन्ध लगाएको हो।
अब्रामोभिचले यसअघि नै चेल्सीमा रहेको आफ्नो शेयर बेच्ने घोषणा गरेका थिए। रुसी अर्बपतिहरुमाथि विश्वभर प्रतिबन्ध लाग्न सक्ने आशंकामा उनले उक्त घोषणा गरेका थिए।
यद्यपि अब भने उनले चेल्सीमा रहेको आफ्नो शेयर बेच्न नपाउने भएका छन्। बिहीबार बेलायत सरकारले गरेको घोषणासँगै उनको सम्पत्ति जफत भएको छ। त्यसैले यसको असर भने चेल्सीको खेलमा नपर्ने बीबीसीले उल्लेख गरेको छ। यद्यपि क्लबले अब कुनै पनि आर्थिक कारोबार भने गर्न पाउनेछैन।















प्रतिक्रिया