काठमाडौं, ८ वैशाख । सस्तोमा डलर दिने लोभमा पारी १३ लाख रुपैयाँ ठगी गरेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी अपराध महाशाखाले सिन्धुपाल्चोक बाह्रबिसेका रेशम तामाङलाई पक्राउ गरेको हो ।
महाशाखाका अनुसार उनले दुई फरक-फरक व्यक्तिलाई डलर साटिदिने भन्दै ठगी गरेका थिए ।
गत फागुन २६ गते काठमाडौं धुम्बाराही बस्ने सुजन महर्जनलाई सस्तोमा डलर दिने भन्दै थलीमा बोलाएर हतियार देखाई ८ लाख रुपैयाँ ठगेर भागेको कान्तिपुर दैनिकले छापेको छ ।
भोजपुर दोभानेका आङदावा शेर्पालाई काभ्रेको जिरोकिलोमा बोलाएर ५ लाख रुपैयाँ ठगेर भागेका थिए ।















प्रतिक्रिया