काठमाडौं, ८ वैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार स्वास्थ्थ तथा जनसंख्या मन्त्रालय मातहतका निकायमा छापा मारेर विभिन्न कागजात नियन्त्रणमा लिएको छ ।
औषधि भण्डारमा समेत आयोगले छापा मारेको छ ।
आयोगले जाजरकोटलगायत मुलुकका विभिन्न भागमा स्वाइनफ्लुलगायत रोग फैलिँदा समेत औषधि नपठाएर अनियमितता गरेको र सर्वसाधारणको स्वास्थ्थमा खेलबाड गरेको भन्दै मन्त्रालयदेखि क्षेत्रीय स्वास्थ्थ निर्देशनालयसम्म छापा मारेको नयाँ पत्रिका दैनिकले छापेको छ ।















प्रतिक्रिया