Logo १४ कार्तिक २०८३, शनिबार
  • Logo
  • १४ कार्तिक २०८३, शनिबार
  • समाचार
  • राजनीति
  • अर्थ
  • मनोरञ्जन
  • भिडियो
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • प्रवास
    • देश
    • रोचक
    • अन्तर्राष्ट्रिय
    • दुनियाँ
    • जगेडा
    • पत्रपत्रिकाबाट
    • पर्सनालिटी
  • EN

दैनिक नेपालसर्च गर्नुहोस्

  • गृहपृष्‍ठ
  • समाचार
  • राजनीति
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • प्रवास
  • देश
  • रोचक
  • अन्तर्राष्ट्रिय

भेरी नदीमा पुल निर्माण हुँदै

Dainik Nepal
२६ फाल्गुन २०७८, बिहिबार  ४ : ३१ बजे
14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जाजरकोट, २६ फागुन । जाजरकोट–डोल्पा सडक खण्डको बीचमा रहेका भेरी नदीमा बेलिब्रिज पुल निर्माण कार्य जारी छ ।

निर्माण व्यवसायीले अस्थायी रूपमा तल्लु बगरमा बेलिब्रिज निर्माण गर्ने कार्यलाई तीव्रता दिएको छ । जाजरकोटको नलगाड नगरपालिकाका–१२ र रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–४ जोड्ने गरी ठूलीभेरी नदीमा अस्थायी बेलिब्रिज बनाएर डोल्पा खण्डमा बेलिब्रिज पुल निर्माणको कामलाई तीव्रता दिएको सडक डिभिजन चौरजहारीका इञ्जिनीयर सुरेश बस्यालले जानकारी दिनुभयो ।

बेलिब्रिज बनेपछि पहिलोपटक सवारीसाधनले ठूलीेभेरी नदी तरेर सिधैँ डोल्पाको खदाङसम्म जान पाएका छन् । यहाँ पुल नहुँदा भेरी नदीको किनारमा वारिपारी रोकिएको अवस्था थियो । बेलिब्रिज नहुँदा यसअघि सवारीसाधन वारिपारी गराउनका लागि (तल्लुबगरबाट गोतामकोटसम्म) तुइनमार्फत तारेर रु एक लाख ५० हजारप्रति पटक रकम खर्च गर्नुपर्ने बाध्यता रहेको थियो ।

अहिले जाजरकोट–डोल्पा सडकअन्तर्गत ठूलीभेरी नदी र अन्य दुई खोलाका चार ठाउँमा बेलिब्रिज निर्माणको काम भइरहेको छ । इकोइन्फ्रा विल्डर्सले यहाँ बेलिब्रिज निर्माण गरिरहेको छ ।विल्डर्सका प्रतिनिधि मनोज लेखकले सामग्री ढुवानी गर्दासम्म सञ्चालन गर्ने गरी पुल तयार भएको बताउनुभयो । उहाँका अनुसार अस्थायी बेलिब्रिज भएर अरु चार ठाउँका पुल सोझै खदाङ पु¥याइनेछ ।

अरू पुलको सामान ढुवानीकै लागि अस्थायी बेलिब्रिज तयार गरिएको हो । विल्डर्सले जाजरकोट–डोल्पा सडकको रुपगाडखोला, त्रिपुराकोट, खदाङ र करबगार खोलामा बेलिब्रिज निर्माणको काम गरिरहेको छ । ती पुल निर्माणस्थलमा अन्य आधारभूत निर्माणको काम सकिएको छ, भने सामान जडान गर्न मात्र बाँकी छ ।

अहिले त्रिपुराकोट र खदाङमा ठूलीभेरी नदीमाथि बेलिब्रिज बन्दै छ भने रुपगाडखोला र करबगारखोलामा पनि पुल बनाइनेछ । सडक डिभिजन कार्यालय चौरजहारीका इञ्जिनीयर सुरेश बस्यालले ४ वटा बेलिब्रिज निर्माणको कार्य ६० प्रतिशतसम्म सकिएको बताउनुभयो  ।

तल्लुबगरमा पुल नहुँदा नेपालगञ्ज, सुर्खेतलगायतका ठाउँबाट आएका सवारीसाधन तल्लुबगरमा रोकिने गरेका थिए  । अहिले तल्लुबगरबाट झोलुङ्गे पुलमार्फत यात्रुले पिठ्यूँमै बोकेर सामग्री वारपार गराउने गरेका थिए । अस्थायी बेलिब्रिज निर्माणसँगै यात्रा सहज बनेको नलगाड नगरपालिका तल्लुका हरिबहादुर बस्नेतले बताउनुभयो ।–रासस

प्रतिक्रिया

भर्खरै

थप अपडेट
पछिल्लो घटनाक्रमबारे छलफल गर्न कांग्रेसले बोलायो विशेष बैठक
न्यायालयमा देखिएको विवाद समाधानका लागि संसद्‍बाटै प्रक्रिया अगाडि बढाउने रास्वपाको निर्णय
‘चिरञ्जीवी भवः’को पोस्टरमा हरिवंश, आशीर्वाद र प्रशंसा
न्यूरोडमा हिमालयन बुलियनको नयाँ आउटलेट आइतबारदेखि सञ्चालनमा आउँदै

बसुन्धरा, काठमाडौं, नेपाल

    • सूचना विभागः दर्ता प्र.प. नं.: ८४७/०७४-७५
    • ९८४१०८१९००
    • ०१-५११०२५५
    • [email protected]

    नेभिगेसन

    • समाचार
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • प्रवास
    • विचार
    • अन्तर्वार्ता
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • सिफारिस
    • स्वास्थ्य
    • अर्थतन्त्र
    • कर्पोरेट
    • रोचक
    • फोटो

    OUR TEAM

    • अध्यक्ष/प्रधान सम्पादक: गणेश पाण्डे
    View All
    About Us Advertise Contact Policy Terms
    © 2026 Dainik Nepal
    Designed & Developed by:Appharu.com
    Logo
    Skip This