२ कार्तिक २०८३, सोमबार

स्वाइन फ्लुबाट बच्न धामीझाँक्रीको शरणमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जाजरकोट, ८ वैशाख । जाजरकोटमा फैलिएको महामारीबाट जोगिन स्थानीय बासिन्दाले देउतालाई भाकल गर्न थालेका छन्।

महामारीबाट एक दर्जन गाविस प्रभावित भएका छन् भने सोमबारसम्म २५ जनाको ज्यान गएको छ।

तीन सातासम्म पनि महामारी नियन्त्रणमा नआएपछि त्रसित स्थानीय बासिन्दाले त्यसबाट बच्न र अब कसैको पनि ज्यान नजाओस् भनेर कुलदेउतालाई बोका भाकल गर्न थालेका हुन्।

संक्रमण नफैलिएका गाविसका बासिन्दाले पनि त्यसबाट बच्न भाकल गरेको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

अन्धविश्वासका कारण धामीको भर परेर बिरामी उपचारका लागि स्वास्थ्यकर्मीसँग नआउँदा रोग नियन्त्रणमा थप समस्या भइरहेको स्वास्थ्यका अधिकारीहरूले बताएका छन्।

खगेनकोटका बासिन्दाले गाउँमा महामारी नफैलियोस् भन्दै देउता भाकेका छन्।

उनीहरूले स्थानीय हलचौरमा भेला भएर आइतबार सामूहिक रूपमा देउतालाई भाकल गरे।