५ कार्तिक २०८३, बिहिबार

युक्रेन युद्धमा ६ हजार रुसी सैनिक मारिएको अमेरिकी अनुमान

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २६ फागुन । युक्रेनमाथि रुसले आक्रमण गरेयता दुई साताको अवधिमा झण्डै ६ हजार रुसी सैनिक मारिएको अमेरिकाले अनुमान गरेको छ । नाम नबताउने शर्तमा एक वरिष्ठ अमेरिकी सुरक्षा अधिकारीले सीबीएसलाई बताएअनुसार युक्रेनमा दुई साताको अवधिमा झण्डै ५ हजार देखि ६ हजार रुसी सैनिकको मृत्यु भइसकेको छ ।

त्यस्तै, आक्रमणका क्रममा अरु १५ देखि १८ हजारसम्म रुसी सैनिक घाइते भएको हुनसक्ने जनाइएको छ । प्रायः युद्धका क्रममा मृतकभन्दा घाइते हुनेको सङ्ख्या तीन गुणा हुने गर्छ ।

मृतक र घाइते हुनेहरुको अनुमानित सङ्ख्याले रुसले त्यहाँ ठूलो क्षति ब्यहोरिरहेको देखिएको बीबीसीले जनाएको छ ।

युक्रेनले आक्रमणका क्रममा १२ हजार रुसी सैनिक मारिएको दाबी गरेको छ । अघिल्लो सातामात्रै रुसले युक्रेनमा ५ सय भन्दा कम सैनिक मारिएको जनाएको थियो ।
यद्यपि दुबै पक्षको दाबीको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन । –एजेन्सी