७ कार्तिक २०८३, शनिबार

रुस–युक्रेन द्वन्द्वबाट प्रभावित अधिकांश नेपालीको उद्धार : एनआरएनए

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल फोटो

लण्डन, २६ फगुन । रुस–युक्रेन द्वन्द्वबाट प्रभावित अधिकांश नेपालीहरुको उद्धार कार्य सम्पन्न भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ ।

संघको ‘रुस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवम् उद्धार उच्चस्तरीय समिति’ले दिएको जानकारी अनुसार युद्ध शुरु भएपछि युक्रेनमा रहेका नेपालीहरू आफ्नो ज्यान बचाउन पोल्याण्ड, स्लोभाकिया, हंगेरी, स्पेन, जर्मनी, रोमानिया र माल्दावा लगायतको देशमा पुगे छन् ।

पछिल्लो तथ्यांक अनुसार हालसम्म पोल्याण्डमा ४६६ जना, स्लोभाकियामा ७८ जना, रोमानियामा २८ जना, हंगेरीमा ८ जना र ४ जना माल्दावा पुगेका हुन् । हालसम्म ५८४ जना नेपालीहरु सुरक्षित गन्तन्यमा पुगेका छन् ।

यस्तै तीन जना नेपालीहरूलाई भारतीय उडानमार्फत उद्धार गरिएको बताइएको छ । उनीहरु भारतको नयाँदिल्ली हुँदै नेपाल जाने तयारीमा छन् ।

युक्रेनबाट निस्केका मध्ये ४०जना नेपालीले यात्रा अनुमति पत्र (ट्राभल्स डकुमेन्ट) लिएको जर्मनस्थित नेपाली दूतावासले जनाएको छ ।