१४ कार्तिक २०८३, शनिबार

प्रेस चौतारीको नवौँ महाधिवेशनको कार्यतालिका सार्वजनिक (सूचीसहित)

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २५ फागुन । प्रेस चौतारी नेपालको नवौँ महाधिवेशनको कार्यतालिका सार्वजनिक भएको छ ।

वुधबार राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिले कार्यतालिका सार्वजनिक गरेको हो ।

जसमा फागुन २६ गते विहान ११ बजेदेखि ४ बजेसम्म केन्द्रीय सदस्य दर्ता हुनेछ । त्यसैगरी, दिउँसो २ बजे सचिवालय बैठक तथा अपराह्न ४ बजे केन्द्रीय कमिटि बैठक हुनेछ ।

यसैगरी, फागुन २७ गते विहान ८ बजे प्रतिनिधि दर्ताको कार्यक्रम रहेको छ । ११ बजे महाधिवेशनको समुद्घाटन हुनेछ भने फागुन २७ गते दिउँसो ३ बजेबाट बन्दसत्र प्रारम्भ हुने प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष एवम् राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिका संयोजक गणेश पाण्डेले जनाएका छन् ।