
काठमाडौँ, २५ फागुन । नेपालमा पछिल्लो २४ घण्टामा २२४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा २२४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ६ हजार ९३६ पीसीआर र एन्टिजेन विधिबाट ३ हजार १५६ एन्टिजेन परीक्षण गरिएकोमा २२४ जनामा संक्रमण देखिएको हो ।
यससँगै कुल संक्रमितको संख्या ११ लाख १६ हजार ८८७ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा २८१ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ९ लाख ५८ हजार १९३ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ६९२ जना रहेको छ ।
थप ९६ हजार ८९ जनाले खोप लगाएका छन् । हालसम्म करिब डेढ करोड बढीले कोरोनाविरुद्धको पूर्ण खोप लगाइसकेका छन् ।
थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ९५५ जना पुगेको मन्त्रालयले जनाएको छ ।












प्रतिक्रिया