१४ कार्तिक २०८३, शनिबार

भिजिट भिसामा विदेश जान गृह मन्त्रालयद्वारा कडाइ

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २५ फागुन । गृह मन्त्रालयले भिजिट भिसामा विदेश जान कडाइ गरेको छ ।

मन्त्रालयले विदेश गएर अलपत्र हुने अवस्थालाई निरुत्साहित गर्न भिसामा कडाइ गरिएको जनाएको छ ।

पछिल्लो समय वैदेशिक रोजगारीमा जानेहरु समस्यामा पर्ने गरेपछि भिजिट भिसामा मन्त्रालयले कडाइ गरेको हो ।

सरकारले भिजिट भिसाका लागि भ्रमणको उद्देश्य तथा कार्यक्रम, आधारभूत मापदण्ड प्रक्रिया र कागजात पूरा भए/नभएको, जस्तै: राहदानी, वैध भिसा, हवाई टिकट, गन्तव्यसम्मको बोर्डिङ पास, होटल/आवास व्यवस्था, भ्रमण अवधिको खर्च, भ्रमणसम्बन्धी कागजात हेर्ने व्यवस्था राख्न कार्यदलले सिफारिस गरेको छ ।

यद्यपि सरकारले राखेका यी सर्तहरुको विरोध भइरहेको छ ।