५ कार्तिक २०८३, बिहिबार

भारतीय कम्पनीले सबैभन्दा ठूलो आइपीओ निष्कासनका लागि अनुमति पायो

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दिल्ली, २५ फागुन । लाइफ इन्स्योरेन्स कर्पोरेशन अफ इन्डिया (एलआइसी) को प्रारम्भिक सार्वजनिक प्रस्ताव (आइपीओ) निष्कासनका लागि भारतको बजार नियामक सेबीले स्वीकृति दिएको छ । बजार नियामकमा दायर गरिएको रेड हेरिङ प्रोस्पेक्टसको मस्यौदा अनुसार सरकारले एलआइसीको आइपीओ अन्तर्गत ३१ करोडभन्दा बढी इक्विटी शेयर बेच्ने योजना बनाएको छ ।

एलआईसीको निष्कासन भारतीय शेयर बजारमा अहिलेसम्मकै सबैभन्दा ठूलो आईपीओ हुनेछ । सूचीकरण पछि एलआइसीको बजार मूल्याङ्कन रिलरटीसीएस् जस्ता शीर्ष कम्पनीहरूसँग बराबर हुनेछ । यसअघि पेटीएमको इश्यू सबैभन्दा ठूलो थियो र कम्पनीले गत वर्ष आईपीओबाट १८,३०० करोड रुपैयाँ उठाएको थियो ।

हालै भारतको केन्द्रीय मन्त्रिपरिषद्ले यस आईपीओमा विदेशी लगानीकर्तालाई समावेश गर्न एफडीआई नीति परिवर्तन गरेको छ । यो परिवर्तन अन्तर्गत एलआईसीको आईपीओमा स्वचालित रुट अन्तर्गत २० प्रतिशतसम्म विदेशी लगानीलाई अनुमति दिइएको छ ।

डिआरएचपीका अनुसार १० प्रतिशत शेयर आरक्षण भाग अन्तर्गत एलआइसी पोलिसी होल्डरहरूको लागि आरक्षित गरिनेछ । हुनसक्छ उनीहरूले सेयर मूल्यमा ५ प्रतिशत छुट पाउन सक्छन् । –एजेन्सी