१४ कार्तिक २०८३, शनिबार

घाँटी रेटिएको अवस्थामा महिलाको शव फेला

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, २५ फागुन । भक्तपुरको चाँगुनारायण नगरपालिका-७ मा महिलाको शव फेला परेको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार सोमवार बेलुका चाँगुनारायणको बागरेमा तरकारी खेती गर्न बनाइएको टिनको कच्ची टहराभित्र पहिचान नखुलेको महिलाको शव फेला परेको हो ।

घाँटीको अगाडि भाग र शरीरका अन्य भागमा पनि गहिरो चोट लागेको अवस्थामा शव फेला परेको प्रहरीले जानकारी दिएको छ । पोष्टमार्टमको लागि शव केएमसी अस्पताल दुवाकोटमा लगिएको प्रहरीले जनाएको छ ।