१४ कार्तिक २०८३, शनिबार

सुनको भाउले राख्यो नयाँ रेकर्ड, तोलाको कति ?

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २५ फागुन । बुधबार सुनको भाउले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ५ सय रुपैयाँ कायम भएको छ । हिजो मंगलबार १ लाख ३ हजार कायम भएको थियो ।

अघिल्लो दिनको तुलनामा २ हजार ५ सय रुपैयाँले मूल्य बढेसँगै डेढ वर्षअघिको उच्च मूल्यको रेकर्ड तोडिएको छ । २०७७ साउन २३ गते प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

त्यतिबेला कोरोना महामारीका कारण सुनको माग अत्याधिक बढ्दा मूल्य आकासिएको थियो । यस पटक भने युक्रेनमाथि रुसको आक्रमणका कारण सुनको भाउ आकासिएको व्यवसायी बताउँछन् ।