१४ कार्तिक २०८३, शनिबार

सिद्धबाबाविरुद्ध उच्च अदालतमा दर्ता बलात्कार मुद्दाको सुनुवाइ हुँदै

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २५ फागुन । सिद्धबाबा उर्फ कृष्णबहादुर गिरीविरुद्ध उच्च अदालत (विराटनगर) मा परेको जबर्जजस्ती करणी मुद्दाको सुनुवाइ आज हुने भएको छ।

अदालतले आफ्नो वेबसाइटमा राखेको सूचनाअनुसार ५ नम्बर इजलासमा मुद्दाको सुनुवाइ हुने भएको हो। सिद्धबाबाका नामले परिचित धरानको चतराधाममा बस्ने कृष्णबहादुर गिरीविरुद्ध आफ्नै अनुयायी महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा २०७७ चैत २६ गते मुद्दा दर्ता भएको थियो।

यसअघि सुनसरी जिल्ला अदालतले २०७७ मंसिर २२ गते उक्त मुद्दाको फैसला गर्दै करणी भएको तर सहमतिमै भएको भनेपछि पीडित २६ वर्षीया महिलाले बलात्कार नै भएको जिकिर गर्दै सिद्धबाबालाई कारबाही नै हुनुपर्ने माग राखेर उच्च अदालत (विराटनगर) मा पुनरावेदन दिएकी हुन्।