७ कार्तिक २०८३, शनिबार

सशस्त्र प्रहरी परिवार महिला संघद्धारा पाठेघरको चेकजाँच गर्ने मेशिन प्रदान

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ फागुन । ११२औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सशस्त्र प्रहरी परिवार महिला संघले नेपाल एपीएफ अस्पताललाई करीब १६ लाख रुपैयाँ बराबरको पाठेघर चेकजाँच गर्ने मेशिन प्रदान गरेको छ ।

उक्त मेशिन संघकी अध्यक्ष सरिता कणेल खनालले हिजो मंगलबार अस्पतालका प्रमुख प्रा. सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक डा. रुपक महर्जनलाई हस्तान्तरण गरेकी हुन् ।

कार्यक्रममा संघकी अध्यक्ष खनालले सशस्त्र प्रहरी परिवार महिला संघलाई सहयोग पुर्याउने संघका कार्यकारीणी पदाधिकारी तथा सल्लाहाकार र नेपाल एपीएफ अस्पतालका डाक्टरलाई प्रशंसापत्र समेत प्रदान गरिन् ।

अस्पताललाई प्राप्त मेशिनको प्रयोगले हाल प्रदान गरिरहेको सेवा थप प्रभावकारी हुने बिश्वास गरिएको छ ।