७ कार्तिक २०८३, शनिबार

जेसीआई काठमाडौं लेडीले गर्‍यो ‘नारी सम्मान कार्यक्रम’, यी महिलाले पाए सम्मान

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ फागुन । ११२औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा जेसीआई काठमाडौं लेडीले ‘नारी सम्मान कार्यक्रम’ सम्पन्न गरेको छ ।

नारीहरुको व्यक्तित्व र नेतृत्व विकास गर्दै आइरहेको जेसीआई काठमाडौं लेडीले अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर विभिन्न क्षेत्रमा योगदान पुर्याएका महिलाहरुलाई सम्मान गरेको हो । सम्मान कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले पानसमा दीप प्रज्ज्वलन गरी कार्यक्रमको उदघाटन गरेका थिए ।

कार्यक्रममा समाजसेवी सामाजिक कार्यकर्ता सृष्टि केसी, वरिष्ठ बाल चिकित्सक डा. शान्ता भट्ट, नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीकी प्रथम क्याप्टेन ऋतु कनौजिय, संगीत क्षेत्रकी तबला बाधक सरिता मिश्र, हेवी लामो दूरी गाडी चालक प्रथम महिला रेबिका थापालगायतलाई सम्मान गरिएको छ ।

कार्यक्रम जेसीआई काठमाडौं २०२२ को अध्यक्ष जेसी सोनी श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो । सम्मान कार्यक्रमले महिलाहरुमा थप ऊर्जा उत्पन्न हुने र महिला शसक्तीकरणमा नयाँ आयाम थपिने जेसीआई काठमाडौं लेडीको अध्यक्ष सोनी श्रेष्ठले बताइन् ।

कार्यक्रममा विशेष अतिथि जेसीआई काठमाडौं लेडीको पूर्वध्यक्ष, जेसीआई नेपालको पूर्वध्यक्ष, जेसीआई उपाध्यक्ष सिनेटर कृती तुलाधर, अतिथि जेसीआई नेपाल क्षेत्र ‘ग’का लागि निरुपित जेसी रमा प्याकुरेल, जेसीआई नेपाल क्षेत्र ‘ग’अन्तर्गत जेसीआई काठमाडौं लेडीका लागि निरुपित जेसी योगी राज अधिकारी, साथै नेपाल जेसीजको उपाध्यक्ष क्षेत्र ‘ग’ का लागि निरुपित जेसी जीवन कार्की लगायतको उपस्थिति थियो ।