
दोलखा, २५ फागुन । जिल्लाको बिगु गाउँपाललिका–३ बुलुङमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नेपाली कांग्रेस परित्याग गरी दर्जनौं नेता–कार्यकर्ताहरू नेकपा एमालेमा प्रवेश गरेका छन् ।
बिगु गाउँपालिका सङ्गठन कमिटीले केही दिनयता पालिकाभर आयोजना गरिरहेको ‘अगुवा कार्यकर्ता भेला तथा पार्टी जागरण अभियान’का क्रममा ती नेता–कार्यकर्ताहरू एमालेमा प्रवेश गरेका हुन् । सोमबार बुलुङमा आयोजित कार्यक्रममा करीब तीन दर्जन नेता–कार्यकर्ता विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेको गाउँ सङ्गठन कमिटीका सचिवालय सदस्य कवन आचार्यले जानकारी दिए ।
उनका अनुसार हिजो पार्टी प्रवेश गर्नेहरूमा बलबहादुर भुजेल, अमित खिङ्बा, डिल्ले लामा, बाबुराम लामिछाने, पार्वती बिक, शरण कुमारी बिक, देवी तामाङ, दिपक खड्का, दलबहादुर खत्री, गंगाबहादुर बिक, खड्गबहादुर थापा, रामबहादुर नेपाली र सहदेव आचार्यलगायतले विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका छन् ।
त्यसैगरी पार्टी प्रवेश गर्ने अन्य नेता–कार्यकर्ताहरूमा दिपक लामिछाने, स्वस्थानी खत्री, कर्णबहादुर श्रेष्ठ, नरे लामा, मङ्गर नेपाली, सोमबहादुर नेपाली, गोमा थापा, कमला थापा र रामकली नेपालीलगायतले पनि एमाले रोजेका छन् ।
प्रवेशीहरूलाई नेकपा एमाले जिल्ला कमिटी दोलखाका अध्यक्ष एवम् उक्त कार्यक्रमका प्रमुख अतिथि नरबहादुर श्रेष्ठ र अतिथिहरूले टीका, माला र खादा लगाएर पार्टीमा स्वागत गरेको वडा सङ्गठन कमिटी बुलुङले जानकारी दिएको छ ।
कार्यक्रममा बागमती प्रदेश सङ्गठन कमिटीका सदस्य कृष्ण भुजेल विशेष अतिथिका रूपमा सहभागी थिए । त्यस्तै जिल्ला कमिटी सदस्य प्रवीण खड्का, गोमा केसी, अचुतम केसी, कुमार खड्का र देविका थामी तथा बिगु–काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष ओमकृष्ण आचार्यलगायतको उपस्थिति पनि कार्यक्रममा थियो ।















प्रतिक्रिया