१४ कार्तिक २०८३, शनिबार

छोरी पाउने सवैभन्दा भाग्यमानी हुन् : अध्यक्ष ओली

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हरेक व्यक्तिको पहिलो शिक्षक आमा भएको बताउँदै महिला शिक्षामा जोड दिनुपर्ने बताएका छन् । अन्र्तराष्ट्रिय नारी दिवसका अवसरमा अखिल नेपाल महिला संघले मंगलबार काठमाडौँमा आयोजना गरिएको कार्यक्रममा बोल्दै उनले महिलाहरु शसक्त हुँदै गएको बताए ।

छोरा र छोरीमा विभेद नगर्न आग्रह गर्दै उनले बढ्ता भाग्यमानीले छोरी पाउने बताए । उनले छोरीले हेला होचाइका साथ हुर्किनु नपरोस भन्दै महिलाहरुलाई अघि बढाउन सरकारले विशेष नीति बनाउनुपर्ने समेत बताए । उनले छोरीहरू पढाईमा अब्बल हुने र लोकसेवा टप्नेमा महिला धेरै भएको बताए ।

शारिरिक रुपमा पुरुषजति बराबर हुन नसकेपनि बौद्धिक रुपमा महिलापनि पुरुषभन्दा अगाडि रहेको ओलीको भनाइ छ । उनले महिला पीडित हुने विषयलाई गम्भीर रुपमा लिएको बताउँदै गत वर्ष एसिड आक्रमणका सन्र्दभमा कडा खालको कानुन ल्याएको उल्लेख गरे ।