१४ कार्तिक २०८३, शनिबार

वृद्वाश्रम र मानव सेवा आश्रममा सहयोग

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरेन्द्रनगर, २४ फागुन । कर्णाली प्रदेश सरकारले अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको अवसरमा मानव सेवा आश्रम र प्रशान्ति वृद्धाश्रममा पोसाक तथा फलफूल वितरण गरेको छ । मुख्यमन्त्री जीवनबहादुर शाहीको उपस्थितिमा ती स्थानका महिलालाई पोसाक र फलफूल वितरण गरिएको गरिएको हो ।

कार्यक्रममा मुख्यमन्त्री शाहीले नागरिकको सुरक्षा राज्यको दायित्व भएको बताउँदै वृद्धवृद्धा र सहाराविहीनहरूको संरक्षणमा सरकार लागिपरेको छ भन्नुभयो । “सहाराविहीनहरूका लागि छाना, नाना र खानाको जिम्मा सरकारले लिन्छ”, उहाँले भन्नुभयो, “राज्यले आफ्नो जिम्मेवारी र दायित्व पूरा गर्छ ।”

सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले प्रशान्ति वृद्वाश्रमलाई प्रदेशस्तरको संरचनामा रूपान्तरण गर्न त्यहाँको भौतिक संरचना निर्माणमा सहयोग गरिरहेको बताउनुभयो ।–रासस