४ कार्तिक २०८३, बुधबार

अर्घाखाँचीमा पाँच थरीका गिद्ध भेटियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

giddha

– घनश्याम पौडेल
अर्घाखाँची, ७ वैशाख । प्रकृतीको कुचीकार मानीने गिद्धका ५ प्रजाती अर्घाखाँचीमा पाइने गरेको छ । हिमाल तथा तराइमा पाइने गिद्धहरु समेत जिल्लाका बिभिन्न स्थानमा पाइने भएकाले गिद्ध संरक्षणका लागि सबै एक हुनु पर्नेमा जोड दिइएको छ ।

अर्घाखाँचीको सन्धिखर्कमा गिद्ध संरक्षणकालागि सरोकारवाला स्तरीय अन्तरक्रिया कार्यक्रममा यो कुराको जानकारी गराइएको हो ।

जिल्लाको अर्घाका सामुदायीक बन, खन, मखात, घेराको भीर, ढाकाबांग लगायतका स्थनमा ५ थरी गिद्ध पाइने गरेको गिद्ध सरक्षण अभिायनका बिज्ञ कृष्णप्रसाद भुसालले बताएका छन ।

उनले डंगर, सुन, गोब्रे, हिमाली र हाडफोर गिद्ध गरि ५ प्रकारका गिद्ध पाइने जानकारी दिए । हिमाल तथा तराइमा पाइने गिद्धहरु समेत जिल्लाका बिभिन्न स्थानमा पाइने भएकाले गिद्ध संरक्षणका लागि सबै एक हुनु पर्नेमा बोल्ने बक्ताहरुले जोड दिएका छन ।

गर्ता खहरे, खहरे खोला गर्लाम सामुदायीक बन अर्घाको आयोजना र नेपाल पंक्षी संरक्षण संघ काठमाण्डौको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा गिद्धको बासस्थान, जिल्लामा पाइने गिद्धको अबस्था लगायतका बिषयमा पक्षि संरक्षण केन्द्रका बिज्ञ कृष्ण प्रसाद भुसाल, अधिकृत खडानन्द पौडेल, जिल्ला पशुसेवा कार्यलय अर्घाखाँचीका प्रमुख रामनारायण मण्डल लगायतले जानकारी गराएका थिए ।