१४ कार्तिक २०८३, शनिबार

गाडीले ठक्कर दिदाँ वृद्धको मृत्यु

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

विराटनगर, २४ फागुन । कोसी लोकमार्गअन्तर्गत विराटनगर महानगरपालिका–४ मा पिकअप गाडीले ठक्कर दिदाँ मंगलबार बिहान एक जना वृद्ध पुरुषको ज्यान गएको छ ।

दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको फलफूल लोड गरिएको प्रदेश १–०२–००२ च ५०५७ नम्बरको पिकअप गाडीको ठक्करबाट विराटनगर महानगरपालिका–३ का ७५ वर्षिय ईश्वरीप्रसाद पोखरेलको मृत्यु भएको हो। सडकमा हिँडिरहेका बेला बिहान ५ः३० बजेतिर गाडीले ठक्कर दिएपछि गम्भीर घाइते भएका पोखरेललाई उपचारका लागि कञ्चनबारीस्थित आर्या अस्पताल लगिएको थियो ।

उपचारकै क्रममा उनको बिहान ७ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनापछि पिकअपलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ। फरार रहेका पिकअप चालकको खोजी तीव्र पारिएको जानकारी प्रहरीले दिएको छ।