
काठमाडौं, २४ फागुन । मेलम्ची खानेपानी आयोजना प्रभावित तथा बाढीपीडित सरोकार समन्वय समितिले खानेपानी आयोजना नै बन्द गराउने चेतावनी दिएको छ ।
चैत १ गतेसम्म पनि नेपाल सरकार र मेलम्ची खानेपानी आयोजनाले आफूहरूको मागलाई सम्बोधन नगरे आयोजना बन्द बराउन बाध्य हुने चेतावनी दिएको हो ।
सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै समितिले विभिन्न छ वटा माग अगाडि सारेको छ । उक्त माग अघि सार्दै समितिले चैत १ गतेसम्म पूरा गराउन सरकार र सरोकारवालालाई अल्टिमेटम दिएको हो ।
मेलम्ची खानिपानी आयोजना प्रभावित तथा बाढीपीडित समन्वय समितिका संयोजक उपेन्द्र तामाङले मानवीय भौतिक तथा नागरिहरूको जीवन निर्वाहको अनिवार्य साधनहरूको क्षति भएको भन्दै समस्या समाधान गर्न सरोकारवालाबाट कुनै पनि कदम नचालिनु दुःखद रहेको बताए ।
उनले २०७८/१०/२१ गते मेलम्ची आयोजनासँग भएको सहमति कार्यान्वयन नभएको भन्दै २०७८/११/२२ गते बसेको स्थानीय सरोकार समुदाय एवम् सामाजिक उत्थान सञ्चालन समितिका प्रतिनिधिहरूको उपस्थितिमा बसेको बैठकको निर्णय सहित बिभिन्न मागहरू सुनाएका थिए ।
यस्ता छन्, पीडितहरूको माग–
१. मेलम्ची आयोजना प्रभावित क्षेत्रको विकासको निम्ति नियमित रूपमा मेलम्ची खानेपानी विकास समितिले उपलब्ध गराउँदै आएको सामाजिक उत्थान कार्यक्रम संचालन अन्तर्गत यस आर्थिक वषएको बजेट स्थानीय समितिहरूमा आउन दिलाई भईरहेकोले तत्काल उपलब्ध गराउन ।
२. मेलम्ची नदीमा आएको बाढीले ठूलो धानजनको क्षती पुर्याएको र आगामी वर्ष नदी किनारको वस्ती झनै जोखिममा रहेकोले नदीलाई पूरानै धारमा बगाउन, मेलम्ची र ईन्द्रावतीको तटीय क्षेत्रको कम्तिमा ५ मिटर खोला गहिर्याउन र तटिय क्षेत्रका जोखिममा रहेका बस्तीहरूको संरक्षणका लागी आवश्यक बजेट तत्काल आयोजना बाट उपलब्ध गराउन ।
३. मेलम्ची र ईन्द्रावती नदी किनारका वस्ती तथा खेतियोग्य जमीन ठूलो मात्रामा कटान भएकोले सो क्षेत्रको जमिन संरक्षण र खेती योग्य जमिन बनाउनका लागि मुहानदेखि सिपाघाट भिमटारसम्म आय आर्जन कार्यक्रम, स्थायी तटबन्ध निर्माण। सडक, सिंचाई तथा सार्वजनिक पूर्वाधार निर्माण एवम् संरक्षणका लागि मेलम्ची ईन्द्रवति नदी करिडोर एकिकृत विकास आयोजनाको रूपमा एक विशेष दीर्घकालीन आयोजना नेपाल सरकारले तत्काल संचालन गर्न ।
४. मेलँची नदीको पानी काठमाडौं आएपछि मेलम्चीबासीले लेभी पाउने कुरा पटक पटक सहमति भई बिभिन्न अध्ययन भएर प्रकृया अघि बढेको तर, हालसम्म कुनै निर्णय भएको जानकारी प्राप्त नभएकोले तत्काल लेभि निर्धारण गर्न ।
५. आगामी वर्षामा सहज आवत जावत गर्न सहन हुने गरि सडक निर्माण कार्य तत्काल अघि बढाउन ।
६. मुहान क्षेत्रमा थुप्रीएका ढुंगा, माटोहरू निकालेर सुरक्षित ढंगले भण्डारण गर्न सहमति भएर पनि जथाभावी ढंगले राख्दा नदी किनारका वस्ती जोखिममा पर्ने भएकोले सुरक्षित भण्डारणमा भने जोडदार माग गररहेका छौं ।















प्रतिक्रिया