७ कार्तिक २०८३, शनिबार

महिलाले हरेक क्षेत्रमा समान अवसर पाउनु पर्दछ : उपराष्ट्रपति पुन

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ फागुन । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले महिलाहरूले हरेक क्षेत्रमा समान अवसर पाउनुपर्नेमा जोड दिएका छन् ।

विश्वभरका श्रमिक महिलाहरूको महान् उत्सवको दिन ११२औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दै उनले सो कुरा बताएका हुन् ।

‘जनसंख्याको आधाभन्दा बढी भाग ओगटेका महिलाले हरेक क्षेत्रमा समान अवसर पाउनु पर्दछ,’ उपराष्ट्रपति पुनले जारी गरेको शुभकामना सन्देशमा लेखिएको छ, ‘संविधानले प्रत्येक महिलालाई लैंगिक भेदभावविना समान वंशीय हक, राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक र सम्पत्ति तथा पारिवारिक मामिलामा दम्पत्तिको समान हकलगायतका अधिकार सुनिश्चित गरेको छ ।’

महिलाहरू राजनीतिक, सामाजिक तथा आर्थिक रुपमा स्वतन्त्र र सशक्त नभएसम्म देशको समृद्धि सम्भव नभएको बताउँदै उनले मुलुकको विकास, आर्थिक समृद्धि र महिलाहरूको हक–अधिकारको लागि संविधान प्रदत्त महिला अधिकारको कार्यान्वयन गर्दै महिलाहरूको सर्वाङ्गीण विकासका लागि सबै क्षेत्रको ध्यान जानुपर्नेमा जोड दिएका छन् ।

११२औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसबाट नेपाली महिला र देशको सर्वाङ्गीण विकासका लागि एकताबद्ध भएर अगाडि बढ्न सबै नेपालीलाई प्रेरणा मिल्ने अपेक्षा उपराष्ट्रपति पुनको छ ।