७ कार्तिक २०८३, शनिबार

सामाजिक अभियन्ता राजा घले नेपालमा सम्मानित

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ फागुन । समाजसेवी भद्राकुमारी घलेको पहलमा स्थापना भएको ‘भद्र घले शिक्षा सदन’को १६औँ वार्षिकोत्सव र भद्रा घलेको ९१वौ जन्म दिनको शुभ अवसरमा अमेरिकानिवासी राजा घलेलाई सम्मान गरिएको छ ।

कार्यक्रमको प्रमुख अतिथि नेपालका प्रथम उपरास्ट्रपति परमानन्द झाले गुरूलाई सो सम्मान प्रदान गरेका हुन् । उक्त अवसरमा विद्यालयको विभिन्न विधामा विजयी भएका विद्यार्थीहरुलाई राजा घलेको हातबाट पुरस्कार वितरण गरेका थिए ।

राजा घले नासाका प्रथम निर्वाचित अध्यक्ष, एटलान्टाका लागि नेपाल सरकारको प्रथम पर्यटनदुत, एसीएन प्यासिफिक अमेरिकन काउन्सिलका प्रथम नेपाली निर्वाचित् महासचिब, हामी नेपाली ग्लोबल नर्थ र साउथ अमेरिकाको एम्बसाडर, निर्वाचित पूर्व एनआरएन आईसीसी मेम्बर र बिमान चालक हुन् ।

अनामगर र घट्टेकुलो क्षेत्रमा रहेका विपन्न परिवारका बालबालिकालाई सुलभ शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्ने घलेको उद्देश्य रहेको र त्यही उद्देश्यबाट प्रेरित भई खोलिएको उक्त विद्यालयले अहिले गुणस्तरीय शिक्षा प्रदान गरिरहेको छ ।