
काठमाडौँ, २३ फागुन। रुसले बाह्र दिनदेखि युक्रेनमा घातक आक्रमण जारी राखेको छ । प्रमुख निशानामा युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्की छन् ।
उनको यसअघि तीन पटकसम्म हत्या प्रयास भएको समाचार सार्वजनिक भएका छन् । यद्यपि त्यो योजनालाई युक्रेनी सेना र स्वयंसेवक लडाकुले विफल बनाएको बताइन्छ । गत शनिबार युक्रेनका राष्ट्रपतिले अमेरिकी संसदलाई सम्बोधनको क्रममा यो आफ्नो अन्तिम उपस्थिति हुनसक्ने भन्दै भावुक सम्बोधन गरेका थिए ।
यसै सन्दर्भमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनलाई सीबीएस समाचार च्यानलको एक अन्तरवार्तामा प्रश्न सोधियो– यदि रुसको आक्रमणमा युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्की मारिए भने के होला रु यस प्रश्नको जवाफमा ब्लिंकनले भनेका छन्– युक्रेन सरकारसँग आकस्मिक योजना छ । यसबारेमा म विस्तारमा भन्न चाहन्न ।
उनी अगाडि भन्छन्– हामी यो कुराको तय गर्ने छौं कि युक्रेन सरकारलाई सत्तामा राखिराख्न के गर्नुपर्छ । यो कुरा ममाथि छाड्दिनुस् ।
अमेरिकी विदेशमन्त्री ब्लिंकनले जेलेन्स्की नेतृत्वको सरकार रुसविरुद्ध डटिरहेको र युक्रेनी जनताले गजबको साहस देखाएको भन्दै प्रशंसासमेत गरेका छन् । २४ फेब्रुअरीदेखि रुसले युक्रेनमा आक्रमण गरेको छ । आक्रमणको अमेरिकासहित पश्चिमा देशहरुले विरोध गर्दैै रुसमाथि विभिन्न प्रतिबन्ध लगाएका छन् । –एजेन्सी















प्रतिक्रिया