५ कार्तिक २०८३, बिहिबार

सिरियामा विद्युतीय धरापमा पारेर १३ सैनिकको हत्या

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

दमासकस, २३ फागुन । सिरियामा विद्युतीय धरापमा पारेर यहाँका कम्तीमा पनि १३ जना सैनिकको हत्या गरिएको बताइएको छ ।सिरियाली सैनिक सबार बस यहाँको मध्य प्रान्तीय प्रदेश होम्स सहरमा विद्युतीय धरापमा पारिएको थियो ।

बस विद्युतीय धरापमा परेपछि त्यस बसमा रहेका १३ जना सैनिकको घटनास्थलमै ज्यान गएको बताइएको छ ।त्यस दुर्घटनामा परेर अरु कम्तीमा पनि १८ जना सैनिक घाइते भएका छन् । घाइतेको अवस्था निकै गम्भीर रहेको पनि बताइएको छ ।

सो हमला कसले र किन गरेको हो भन्ने बारेमा केही खुलेको छैन । प्रहरीले यस विषयमा अनुसन्धान थालिएको जनाएको छ । पछिल्लो समयमा यहाँ सुरक्षाकर्मीमाथि नै आतंककारीहरुले हमला गर्ने क्रम नरोकिएको बताइएको छ ।–रासस