१५ कार्तिक २०८३, आइतबार

ललितपुरमा ४ जना मृत फेला, थप १ जना उपचारको क्रममा मृत्यु

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, २३ फागुन । ललितपुरको कोञ्ज्योसोम गाउँपालिका–वडा नम्बर ४ मा एकै घरका ४ जना मृत फेला परेका छन् ।

महानगरीय अपराध महाशाखाका एसएसपी बसन्त कुँवरले ४ जनाको घटनास्थल र थप एक जनाको उपचारको क्रममा मृत्यु भएको जानकारी दिए । उनका अनुसार सोमबार बिहान ४ जना घरमै शंकास्पद अवस्थामा मृत फेला परेका थिए भने थप एक जनालाई उपचारका लागि पाटन अस्पताल लगिएकामा उपचारकै क्रममा मृत्यु भएको हो ।

प्रहरीले घटनास्थलमा विषको जस्तो बट्टा फेला पारेको जनाएको छ भने यसबारे अनुसन्धान सुरु भएको जनाएको छ ।