१५ कार्तिक २०८३, आइतबार

सुनको भाउ तोलाको एक लाख ३ हजार

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ फागुन । सुनको भाउ लगातार बढेर नयाँ रेकर्ड कायम गर्ने लयमा छ ।

कोभिड-१९ का कारण भएको लकडाउनका बेलामा सुनको बजार प्रभावित हुँदा भाउ बढेको थियो । तर, कोभिड-१९ को सङ्क्रमण कम हुँदै गएपछि सुनको भाउ घट्न थालेको थियो । अहिले फेरि रुस र युक्रेनको युद्धका कारण विश्व बजारमा असर पर्न थालेको छ ।

आज तोलामा ११ सय रुपैयाँले बढेर सुन एक लाख तीन हजार रुपैयाँमा पुगेको छ । यसअघि पोहोर साउन महिनामा सुनको भाउ बढेर एक लाख तीन हजार ५ सय रुपैयाँसम्म पुगेको थियो । यसपालि भाउ बढेर नयाँ रेकर्ड बन्ने सम्भावना रहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।