२ कार्तिक २०८३, सोमबार

नेकपा एमालेमा रातारात यसरी भयो गुट परिवर्तन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UML_Yemaleकाठमाडौं, ७ वैशाख । नेकपा एमालेका केन्द्रीय कमिटि सदस्यहरुको कार्यविभाजनप्रति असहमति जनाउँदै केही पदाधिकारीले नोट अफ डिसेन्ट लेखे । विशेषगरी माधव नेपाल पक्षबाट निर्वाचित उपाध्यक्ष युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुसाल र सचिव योगश भट्टराईको लिखित असहमतिको निकै चर्चा पनि पायो ।

कार्यविभाजनले जसको लाठी उसैको भैंसी भएको भन्दै उनीहरुले नोट अफ डिसेन्ट लेखेको बताइएको छ ।   तर,नेपाल पक्षकै केही पदाधिकारीले भने आफ्नै गुटको दबाबलाई समेत अस्वीकार गर्दै नोट अफ डिसेन्ट नलेखेको विषयले झन् चर्चा पाएको छ ।

नेपाल पक्षका पदाधिकारी र नेताहरुको चैत तेस्रो साता नयाँ बानेश्वरस्थित अर्याल होटलमा भएको भेलाले कार्यविभाजनप्रति स्थायी कमिटिका नेपाल पक्षधर सबै सदस्यहरुले नोट अफ डिसेन्टमा सहमत गराएको दाबी गरिएको थियो । त्यो भेलाले झलनाथ खनाललाई समेत नोट अफ डिसेन्टमा सहमत गराएको दावी गरिएको थियो ।

तर,सचिवालयको माइन्युटमा फरक मत लेख्नेमा किन तीनजा मात्र भए ? यो प्रश्न अहिले नेपाल क्याम्पमै चर्चित छ । स्रोतका अनुसार नेपाल पक्षबाटै उपाध्यक्ष जितेका भीम रावल,सचिव गोकर्ण विष्ट र भीम आचार्य अहिले गुटका भेला र बैठकहरुमा उपस्थित हुन छाडेका छन् । महाधिवेशनमा जुन प्यानलबाट जिते पनि अब त्यही प्यानलबाट जिते पनि अब त्यही प्यानल वा गुटको मात्र नेता बनेर पार्टी अघि नबढ्ने भन्दै रावलले मुद्दामा आधारित भएर बहस गर्न सुझाव दिएका छन् ।

अहिले राष्ट्रिय राजनीतिलाई निकास दिने मामिलामा अध्यक्ष केपी ओलीले लिएको लाइन नै ठीक भएकाले पार्टी कमजोर बनाउने ढंगले अध्यक्षलाई मनपरी भन्ने र झिनामसिना कुरामा नोट अफ डिसेन्ट लेखेर दुनियाँ हँसाउने काम आफूबाट नहुने रावलले प्रष्ट पारिसकेका छन् । उनले एक अनलाइनलाई प्रतिक्रिया दिने क्रममा पनि आफू पार्टीभित्रका सरुवा,बढुवा र नियुक्तिका विषयमा नोट अफ डिसेन्ट लेख्दै नहिँड्ने बताएका थिए । आजको साँघु साप्ताहिकमा खबर छ ।